नानी शोभा महर्जन: गायन, अभिनय र सेवाको मिसाल: दिपक विवश आँँशु 

नेपाल सांगीतिक क्षेत्रमा नयाँ उर्जा थप्दै अगाडि बढिरहेकी एक प्रतिभाशाली कलाकार हुन्—नानी शोभा महर्जन । जन्मदेखि नै सांस्कृतिक वातावरणमा हुर्किएकी नानी शोभा महर्जनको जीवन यात्रा कला, व्यवसाय र सामाजिक सेवामा समर्पित छ । पाटनमा जन्मेकी नानी शोभा महर्जनलाई सानैदेखि संगीतप्रति गहिरो मोह थियो । नेपालभाषाको मौलिक गीत-संगीतमा उनी विशेष रुचि राख्छिन् । हालसम्म उनका दुईवटा नेपालभाषा गीतहरू सार्वजनिक भइसकेका छन्, जसले संगीतप्रेमीहरू माझ राम्रो चर्चा पाएका छन् । उनको मिठासपूर्ण आवाजले श्रोताहरूको मन जित्न सफल भएको छ ।

संगीत मात्र होइन, अभिनयमा समेत उनको गहिरो लगाव छ। सांगीतिक भिडियो तथा नाटकहरूमा अभिनय गर्ने चाहना भएकी नानी शोभाले कला क्षेत्रमा आफूलाई निरन्तर अगाडि बढाइरहेकी छन् । साथै, उनी एक सफल व्यवसायी समेत हुन् । कला र व्यावसायिक क्षेत्रमा सन्तुलन मिलाउँदै, उनले आफ्नै पहिचान बनाउँदै लगेकी छन् । नानी शोभा महर्जन सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । समाजको सेवा गर्नु नै जीवनको मूल उद्देश्य हो भन्ने मान्यता राख्ने उनले विभिन्न परोपकारी कार्यहरूमा संलग्न रहँदै आएकी छन् । उनी सांगीतिक यात्रासँगै समाज सेवामा निरन्तर क्रियाशील रहँदै महिलाहरूको सशक्तीकरण, भाषा-संस्कृतिको प्रवर्द्धन जस्ता क्षेत्रमा योगदान दिइरहेकी छन् ।

भविष्यमा नानी शोभा महर्जन अझै धेरै नेपालभाषा गीतहरू ल्याउने योजना बनाउँदैछिन् । संगीत, अभिनय र समाज सेवामा आफ्नो पहिचान अझ मजबुत बनाउने उनको लक्ष्य रहेको छ । नानी शोभा महर्जनको बहुआयामिक प्रतिभा, समाजप्रतिको समर्पण र निरन्तर मेहनतले उनी निकट भविष्यमा नेपाली सांगीतिक तथा सामाजिक क्षेत्रमा एक स्थापित नाम बन्ने निश्चित देखिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top